Techie IT
२०८३ जेष्ठ १०, आइतबार

धरान र चितवनमा ठूलो परिमाणमा गाँजा बरामद, दुई जना पक्राउ


सुनसरी र चितवनमा प्रहरीले अवैध लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका-१७ बाट करिब १२३ किलो ३९० ग्राम गाँजा सहित ३१ वर्षीय धन बहादुर भण्डारी पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको टोलीले प्रदेश १-०२-००२ ह १६५५ नम्बरको अटो जाँच गर्ने क्रममा ७ वटा बोरामा राखिएको ठूलो परिमाणको गाँजा फेला पारेको हो।

यस्तै, चितवनको रत्ननगर नगरपालिका-१०, निपनी चोकबाट २ किलो ८६४ ग्राम गाँजा सहित ४६ वर्षीय सरद लम्साल पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार बेलुकी पक्राउ गरेको हो।

दुवै घटनामा प्रहरीले लागूऔषध सम्बन्धी कानुनी प्रक्रियाको लागि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट