Techie IT
२०८३ भाद्र २४, बुधबार

राष्ट्र बैंकले दसैँमा नयाँ नोट नदिई सुकिला नोट दिने निर्णय गरेको छ


हरेक वर्ष दसैँका लागि नयाँ नोट साट्ने परम्परा छाड्दै नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्र दिने निर्णय गरेको छ। राष्ट्र बैंकले खर्चको व्यवस्थापन र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यो निर्णय लिएको हो।

सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिने तर नयाँ नोट प्रदान नगरिने जानकारी दिए। बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिँदै नोट छपाइको खर्च घटाउने योजनामा छ।

दसैँ–तिहारका लागि ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटहीको सुविधा दिने परंपरालाई यस पटक सुकिला नोटले प्रतिस्थापन गर्ने छ। पाँच वर्षको औसतमा नयाँ नोट छपाइका लागि प्रति वर्ष एक अर्ब ३० करोड रुपैयाँ खर्च हुने गरेको छ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट