नेप्सेमा ठूलो गिरावट, परिसूचक दुई हजार सात सय ३९.४६ विन्दुमा झर्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज उच्च अंकले घटेर दुई हजार सात सय ३९.४६ विन्दुमा झरेको छ। नेप्से ३.२० प्रतिशत अर्थात् ९०.७३ अंकले गिरावट भएको हो।
आजको कारोबारमा 'क' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि तीन प्रतिशतभन्दा धेरैले घटेको छ। कुल ३२० कम्पनीका दुई करोड ६५ लाख ८४ हजार कित्ता सेयर १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ।
नेप्सेका सबै उपसमूहको सूचकमा गिरावट आएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरैले घटेको छ। फाइनान्स पाँच प्रतिशतभन्दा धेरैले घट्दा होटेल तथा पर्यटन चार प्रतिशत एवं बैंक, जलविद्युत्, लगानी, जीवन बिमा र अन्य उपसमूहको सूचक तीन प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।
आजको कारोबारमा २१३ कम्पनीको सेयर मूल्यमा घट्दा केवल ३१ कम्पनीको मूल्य मात्रै बढेको छ। घटेको बजारमा एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फन्डको मूल्यमा नकारात्मक सर्किट लागेको छ।
#nepse #Sharemarket #Nepal



तपाईको प्रतिक्रिया दिनुहोस