Techie IT
२०८३ वैशाख २२, मंगलबार

यी हुन् एनपीएलको ८ फ्रेन्चाइज टिम मालिकहरु


नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल)का आठवटै टोलीको स्वामित्व टुङ्गो लागेको छ। बिहीबार भएको बोलपत्रको नतिजाअनुसार विभिन्न कम्पनीहरूले आठवटै टोलीको स्वामित्व लिएका हुन्।

कुन कम्पनीले कुन टोली किने ?

काठमाडौं: कान्तिपुर पब्लिकेसन प्रालिले ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैयाँमा खरिद गरेको छ।
पोखरा: नेपाल टी-२० क्रिकेट प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा स्वामित्व लिएको छ।
चितवन: चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रुपैयाँमा लिन सफल भएको छ।


लुम्बिनी: फर्चुना हेल्थकेयर प्रालिले १ करोड ८६ लाख ४ रुपैयाँमा स्वामित्व ग्रहण गरेको छ।
जनकपुर: ड्रिम स्पोर्ट्स प्रालिले २ करोड ५ लाख रुपैयाँमा लिएको छ।
विराटनगर: एमएडी ड्रिम्स स्पोर्ट्सले १ करोड ५१ लाख रुपैयाँमा लिएको छ।


कर्णाली: हिमालयन बिल्डर्सले १ करोड ११ लाख रुपैयाँमा लिएको छ।
सुदूरपश्चिम: इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा खरिद गरेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट