ओली ०८४ मा पतन हुने रावलको दाबी
काठमाडौं । नेकपा (एमाले) २०८४ मा पतन हुने नेता भीम रावलले दाबी गरेका छन् । एमालेले पार्टीबाट निष्कासन गरेपछि पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
रावलले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदा पार्टी सदस्यता खोस्ने केपी शर्मा ओलीको स्वेच्छाचारी प्रवुत्ति हावी भएको बताए । उनले स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका गम्भीर आरोप लगाउँदै प्रश्नहरूको जवाफसमेत माग गरेका छन् ।
उनले एमाले आगामी २०८४ को आमनिर्वाचनबाट पतन हुने दाबी गरेका छन् । उनले भने, ‘अतः देशभक्ति, लोकतान्त्रिक, न्यायप्रेमी जनताको तर्फबाट देश र जनताको हितका लागि उठाइएका विविध विषयमा उठाइएका प्रश्नहरूको तपाईं केपी ओलीले जवाफ दिनैपर्छ । अन्यथा तपाईंले भन्दै आउनुभएको ‘मिसन ०८४, मिसन पतन’ सावित हुनेछ ।’



तपाईको प्रतिक्रिया दिनुहोस