Techie IT
२०८३ जेष्ठ १०, आइतबार

साताको अन्तिम दिन नेप्से परिसूचक सामान्य वृद्धि, कारोबार रकममा सुधार


साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि हुँदै २५८६.२३ विन्दुमा पुगेको छ। अघिल्लो दिन सामान्य वृद्धि भएको नेप्सेले आज पनि उस्तै गति कायम राख्न सफल भएको हो।

यस दिन नेप्से परिसूचक ४.६३ अंकले बढेको छ। तर, सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंकले उकालो लागेको छ।

कारोबार रकममा उल्लेख्य वृद्धि
बिहीबारको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि सुधारिएको छ। बुधबार साढे ३ अर्बको कारोबार भएकोमा बिहीबार ३१५ स्टकको ५० हजार ४४७ पटकको कारोबारमा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार कित्ता शेयर किनबेच भएको छ ।

आज न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ४५ रुपैयाँले बढेर ४९५ रुपैयाँ पुगेको छ।

त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ। यस्तै, सिन्धु विकास बैंक र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ।

आज सपोर्ट लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.०२ प्रतिशतले घटेको छ भने कारोबार रकममा प्रभु महालक्ष्मी इन्स्योरेन्स शीर्ष स्थानमा पुग्यो । कारोबार रकमका आधारमा बिहीबार प्रभु महालक्ष्मी इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो संस्थाको ४६ करोड १७ लाख रुपैयाँभन्दा बढीको संस्थापक शेयर किनबेच भएको छ।

न्यादी हाइड्रोपावरको २१ करोड र हिमालयन डिष्टिलरीको १२ करोड रुपैयाँ बराबरको शेयर कारोबारले दोस्रो र तेस्रो स्थान ओगट्यो।

उपसमूहगत आज बिहीबार १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचकमा वृद्धि भएको छ भने ५ उपसमूहको परिसूचक घटेको छ ।विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले वृद्धि भएको छ । जलविद्युत उपसमूह १.८७ प्रतिशतले उकालो लागको छ भने व्यापार उपसमूहको परिसूचक २.०३ प्रतिशत र अन्य उपसमूहको परिसूचक १.८४ प्रतिशतले घटेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट