Techie IT
२०८३ जेष्ठ १०, आइतबार

बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै


गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता सुरु गर्न इजरायलले कतारको राजधानी  दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको छ ।

प्रतनिधिमण्डलमा इजरायली गुप्तचर निकाय मोसाद, शिन बेट वा इजरायली सुरक्षा निकाय, इजरायली रक्षा बल (आईडीएफ)का अधिकारीहरूले बिहीबार इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्भावित बन्धक–युद्धविराम व्यवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले प्रतिनिधिमण्डलको कतार भ्रमणलाई स्वीकृति दिएको घोषणा गरेको थियो ।

‘नेतन्याहूले मोसाद, शिन बेट र आईडीएफको कार्यकारीस्तरको प्रतिनिधिमण्डललाई दोहामा वार्ता जारी राख्न अनुमति दिनुभएको छ,’ प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यसैबीच बन्धकका परिवारको प्रतिनिधित्व गर्ने नागरिक, स्वयंसेवकमा आधारित संस्था ‘द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले नेतन्याहूको निर्णयको स्वागत गर्दै ‘अवसरको ढोका’ गुम्न नहुने बताएको छ ।

एक्समा इजरायली भाषामा पोस्ट भएको सन्देशमा फोरमले भनेको छ, ‘बन्धक र बेपत्ता परिवार फोरम इजरायली प्रतिनिधिमण्डललाई कतार पठाउने निर्णयको स्वागत गर्दछ । हामीले अवसरको ढोका गुमाउनु हुँदैन । प्रधानमन्त्रीले वार्ता टोलीलाई एक सम्झौतामा पुग्न अधिकार दिने र टोलीले हरेक बन्धकलाई फिर्ता गर्नेछ ।’ 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट