क्राइम रिपोर्ट : अवैध लागूऔषधसहित २२ वर्षे युवकदेखि ५० वर्षीया महिलासहित १३ जना प्रहरी नियन्त्रणमा
काठमाडौं । बर्दिया, बढैयाताल गाउँपालिका–७ कर्णालीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ८० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका–३ गाभर बस्ने १९ वर्षीय सन्देश साही र सोही गाउँपालिका–३ पितमारि बस्ने २२ वर्षीय प्रकाश बिक रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका–८ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित राक्सिराङ गाउँपालिका–३ पलासे बस्ने २२ वर्षीय सुदीप तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
रूकुम पूर्व, भूमे गाउँपालिका–७ गुनामबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ५ किलोग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा थवाङ गाउँपालिका–३ उँवा बस्ने ४६ वर्षीया रमिला बुढा र ५० वर्षीया जसमाया बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, कमल गाउँपालिका–४ साधुटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३९ वर्षीय धनराज लिम्बु, २६ वर्षीय रोहित नेम्बाङ र २३ वर्षीय राजेश नेम्बाङ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा धनराजसँग लागूऔषध खरिद गर्न आएका शिवसताक्षी नगरपालिका–१ बस्ने ३३ वर्षीय सुरेश निरौलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापा, मेचीनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम, मोबाइल २ थान र नगद ९ हजार ७ सय ४५ रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–११ बस्ने २३ वर्षीय ईशाक राई र सोही नगरपालिका–१३ बस्ने ३० वर्षीय सुनिल नगरकोटी रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका–९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ६० मिलिग्रामसहित जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटा बस्ने २० वर्षीय निरज जैसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । बारा, निजगढ नगरपालिका–८ बाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित चितवन राप्ती नगरपालिका–१२ बस्ने ३६ वर्षीय भिम बहादुर तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना ३९ प १२६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस