Techie IT
२०८३ असोज १, बिहीबार

गेटा स्वास्थ्य प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने सरकारको योजना


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्रको शैक्षिक केन्द्रका रूपमा स्तरोन्नति गर्ने सरकारको सोच रहेको बताएका छन् ।

गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको अुनगमनका क्रममा उनले भने, “ यो प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा स्तरोन्नति गर्ने सरकारको योजना छ, एमबिबीएस कार्यक्रम सञ्चालन गर्नेगरी पूर्वाधार निर्माणलगायत काम पनि सँगसँगै अगाडि बढाउनुस् । ”     
    
मन्त्री पौडेलले गेटा अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । गेटामा करिब रु सात अर्बका भौतिक संरचना निर्माण भएका छन् । हाल यहाँ ५० शय्याको अस्पताल सञ्चालनमा छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट