मधेस केन्द्रित दलहरू संयुक्त मोर्चा निर्माणको तयारीमा, वार्ताका लागि बैठक बस्दै
काठमाडौं । मधेस केन्द्रित दलहरूको वार्ता समिति सदस्यको बैठक बस्दैछ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बैठक बस्ने भएको हो ।
संयुक्त मोर्चा बनाउने तयारीमा जुटेका मधेस केन्द्रित राजनीतिक दलहरूले यसअघि आठ सदस्यीय कार्यदल बनाएका थिए । जसअनुसार आज (बिहीबार) सम्म कार्यदलका सदस्यहरूको नाम पठाइसक्नुपर्नेछ ।
बैठकमा कार्यदलका सदस्य टुंग्याउने र मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने बताइएको छ ।
जसपा नेपाल, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मोर्चा बनाउने तयारी गरेका छन् ।
बैठक दिउँसो २ बजे बोलाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस