Techie IT
२०८३ असोज २५, आइतबार

कांग्रेस १५औँ महाधिवेशन: उपसभापति र महामन्त्रीको गणना जारी


नेपाली कांग्रेसको काठमाडौँमा जारी १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना कार्य तीव्रताका साथ अघि बढेको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार असोज २३ गते बेलुकी ९ बजेदेखि सुरु भएको मतगणना प्रक्रिया अन्तर्गत हाल उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ।

यसैबीच, आज बिहान ११ बजेदेखि सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना सुरु गरिनेछ। त्यसैगरी, दिउँसो १२ बजेदेखि सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सुरु हुने निर्वाचन समितिले जनाएको छ।

मतगणना स्थलको व्यवस्थापनबारे जानकारी दिँदै समितिले सहमहामन्त्री पदका उम्मेदवारका लागि मतगणना स्थलमा २ जना प्रतिनिधि राख्न पाउने व्यवस्था गरेको छ। केन्द्रीय सदस्यका उम्मेदवारहरूको हकमा भने उम्मेदवार स्वयं मात्र गणना स्थलमा उपस्थित हुन पाउनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट