कांग्रेस १५औँ महाधिवेशन: उपसभापतिमा भण्डारीको फराकिलो अग्रता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले भारी मतका साथ अग्रता कायम गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाअनुसार कुल १,१७९ मत गणना हुँदा खुला उपसभापतिका दुई पदका लागि भएको प्रतिस्पर्धामा डा. भण्डारीले ६२३ मत प्राप्त गरेका छन्। यस्तै, इञ्जिनियर मधु आचार्य ३४३ मतसहित दोस्रो स्थानमा रहेका छन्।
अन्य उम्मेदवारहरूमा गोविन्द भट्टराईले २९१, सुरेन्द्रराज पाण्डेले २८९, दीपक गिरीले २४२, धनराज गुरुङले २११ र प्रा.डा. चन्द्रमोहन यादवले १२६ मत प्राप्त गरेका छन्।
उपसभापतिको महिलातर्फ भने पुष्पा भुसाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन्। यसैगरी, उपसभापति पदको समावेशी समूह (एक पद) तर्फ विनोदकुमार चौधरी ३४७ मतसहित अग्रता स्थानमा छन्। उनलाई पछ्याइरहेका जीवन परियारले २८७ मत प्राप्त गरेका छन्।
यस्तै, फरमुल्लाह मंसुरले १६४, सीता गुरुङले १५१ र रंजीत कर्णले ९८ मत प्राप्त गरेका छन्। मतगणना कार्य निरन्तर जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस