पार्टीभित्र हार्दिकता कमी भयो : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका निर्वाचित जनप्रतिनिधि र तल्ला समितिका सदस्यहरूबीच हार्दिकता कम भएको कुरामा चिन्ता व्यक्त गरेका छन्। बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित एक सम्मान कार्यक्रममा उनले यसबारेमा धारणा राखेका हुन्।
थापाले देशभर भ्रमण गर्दा धेरै ठाउँमा पार्टी कमिटी र जनप्रतिनिधिहरूबीच अपेक्षित हार्दिकता नभएको महसुस गरेको बताए। साथै, उनले यो समस्याको समाधान संवादमार्फत खोज्नुपर्नेमा जोड दिए।
थापाले पार्टीभित्र संवादको कमीले गर्दा कतिपय साथीहरूले अनावश्यक दुःख भोग्नुपरेको उल्लेख गर्दै, निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो समस्याहरू पूर्णरूपमा व्यक्त गर्न नपाएको धारणा पनि राखे।
उनले आगामी असोजदेखि सुरु हुने पार्टी अभियानमार्फत देखिएका समस्याहरू समाधान गरिने आश्वासन पनि दिए।



तपाईको प्रतिक्रिया दिनुहोस