Techie IT
२०८३ श्रावण ११, सोमबार

उपसभामुखलाई हटाउन कांग्रेस–एमाले आफैं पछि हट्छन्, चिन्ता गर्नु पर्दैन: अध्यक्ष दाहाल


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयमा कांग्रेस र एमालेले आफैं पछाडि हट्ने विश्वास व्यक्त गरेका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसभामुख रानामगर एक इमानदार, जनजाति महिला भएको र बालबालिकाका लागि ख्यातिप्राप्त व्यक्तित्व रहेको बताएका छन्। रानामगरले प्रविधिक त्रुटि गरे पनि त्यसको सजाय उपसभामुखबाट हटाउनुपर्ने स्तरको नहुने धारणा दाहालले राखेका छन्। उनले कांग्रेस र एमाले स्वयं उक्त निर्णयबाट पछि हट्ने सम्भावना रहेको उल्लेख गरे।

प्रधानन्यायाधीशको सिफारिसको विषयमा पनि दाहालले प्रतिक्रिया दिएका छन्। उनले आठ जनाको नाम सिफारिस गरिएको र सबै योग्य रहेको बताए। साथै, बरियताको मिचाइको कुनै कुरा नभएको र सीनियारिटीको मापदण्डलाई तोड्न नचाहिएको स्पष्ट गरे।

अध्यक्ष दाहालले संवैधानिक निकायमा रिक्त पदहरूको एकैपटक पूर्ति गर्नु उचित हुने विचार राख्दै, सबै संवैधानिक आयोगहरूको पद पूर्ति गर्नुपर्नेमा जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट