Techie IT
२०८३ श्रावण ११, सोमबार

परिवर्तन विरोधी शक्तिहरू संविधानविरुद्ध खुलेआम लागे : प्रधानमन्त्री ओली


प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति, र सुशासनको मार्गमा अघि बढिरहेको मुलुकलाई अवरोध गर्ने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरेका छन्। शनिबार काठमाडौंको बुढानीलकण्ठमा आयोजित ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालामा बोल्दै ओलीले मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने यात्रामा दृढताका साथ अघि बढिरहेको बताए।

ओलीले परिवर्तनको विरोधी शक्तिहरू संविधानविरुद्ध खुल्ला रुपमा उत्रिएको र एमालेलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको आरोप लगाए। उनले सामन्ती, निरङ्कुश, र अधिनायकवादी राजतन्त्रको पुनरुत्थानको प्रयास भइरहेको र विगतमा यसरी खुलेआम राजतन्त्रको पक्षमा मानिसहरू नउफ्रिएको उल्लेख गरे।

प्रधानमन्त्रीले विपक्षी शक्तिहरूले झूठ, भ्रम, र षड्यन्त्रको माध्यमबाट नकारात्मक माहौल खडा गर्ने प्रयास गरेको आरोप लगाउँदै, केन्द्र, प्रदेश, र स्थानीय तहका सरकारहरूले ती प्रयासलाई चिर्ने गरी प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए। आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउन कार्यकर्ताहरुलाई समर्पणका साथ लाग्न आग्रह गर्दै, कार्यशालाबाट पार्टीका नीतिहरूलाई स्पष्ट पार्दै समस्याहरूको समाधान खोज्नुपर्ने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट