Techie IT
२०८३ श्रावण ११, सोमबार

माओवादी केन्द्र आगामी निर्वाचनमा चार/पाँच लाखमा झर्नेछ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रको समर्थन घट्दै चार/पाँच लाखमा झर्ने दाबी गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालामा उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेता तथा कार्यकर्तालाई कटिबद्ध हुन आह्वान गरे।

प्रधानमन्त्री ओलीले गणतन्त्र, समृद्धि, शान्ति, र सुशासनको मार्गमा देश अघि बढिरहेको अवस्थामा केही तत्वहरूले यसलाई असफल बनाउने दुष्प्रयास गरिरहेको आरोप लगाए। उनले परिवर्तनको सारथि एमालेलाई कमजोर पार्न खोज्ने तत्वहरूको गतिविधिबाट वर्तमान परिस्थिति जटिल बनेको बताए।

ओलीले सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रको पुनरुत्थानको प्रयास भइरहेको र संविधान विरुद्ध खुलेआम लागेका विरोधी शक्तिहरूको आलोचना गरे। विपक्षीहरूले झूठ, भ्रम, षड्यन्त्र र नकारात्मक प्रचारको सहारा लिएर काम बिगार्ने कोसिस गरिरहेको बताउँदै, सत्य र तथ्यको पक्षमा काम गर्न एमाले नेतृत्वमा रहेको सरकारलाई लाग्नुपर्नेमा जोड दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट