Techie IT
२०८२ असोज ७, मंगलबार

मातृभाषामा समाचार सेवा प्रारम्भ गर्ने राससको प्रयास प्रशंसायोग्य छः सचेतक लामा


राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता तथा प्रमुख सचेतक वीना लामाले आज राससको ६४ औँ वार्षिकोत्सवका सन्दर्भमा आयोजित अन्तर–संवादमा राससले अझै सुदृढ भएर अगाडी जानुपर्नेमा जोड दिएकी छन् ।

मुलुक दूरदराजका गाउँबस्तीमा पुगेर समाचार सङ्कलन गर्न राष्ट्रिय समाचार समिति (रासस)ले लिएको लक्ष्य सकारात्मक छ । चौबिस घन्टा सेवा र स्वतन्त्र भएर काम गर्ने अठोट सराहनीय छ । तथापि, संसद्का गतिविधिसम्बन्धी समाचार सम्प्रेषणप्रति महिला सांसदको गुनासो छ । हाम्रा आवाजलाई स्थान दिइएन भन्ने सुनिएको छ । त्यस्ता विषयमा राससजस्ता सञ्चारमाध्यमले ध्यान पुर्‍याउनुपर्छ ।     
    
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका समसामयिक विषय जनतामा पुर्‍याउने प्रतिबद्धतासँगै आवाजविहीनका आवाज उठान गर्ने माध्यम रासस बन्न सक्नुपर्छ । विभिन्न मातृभाषामा समाचार दिने राससको प्रयास प्रशंसायोग्य छ । काठमाडौँ उपत्यकाभित्रै पनि भक्तपुर र ललितपुरका ग्रामीणबस्तीमा नेपाल भाषा बोल्ने ज्येष्ठ नागरिकले अझै पनि प्रष्ट नेपाली बोल्न सकेको पाइँदैन । हाम्रा संस्कार र संस्कृति बचाउन थप मातृभाषामा समाचार सेवा विस्तारको अठोटमा हाम्रा तर्फबाट साथ र सहयोग रहनेछ तर समाचार सत्ता, शक्ति र व्यक्ति केन्द्रित हुनुभएन । जनताको सामूहिक आवाजलाई प्रखर रूपमा सरकारसामु पुर्‍याउन सक्नुपर्छ ।     
  
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट