भारत भ्रमणको अन्तिम दिन व्यस्त तालिकामा प्रधानमन्त्री बालेन
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज नयाँदिल्लीमा विभिन्न उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रममा सहभागी हुँदैछन्।
भ्रमणको दोस्रो तथा अन्तिम दिन आज बिहान १० बजे राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत (गार्ड अफ अनर) प्रदान गरिनेछ।
स्वागत समारोहलगत्तै बिहान ११ बजे प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता तय भएको छ। दुई देशका प्रधानमन्त्रीबीचको वार्तापछि दिउँसो १२ः३० बजे नेपाल र भारतबीच विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यतालिका छ।
त्यसैगरी, दिउँसो ३ः३० बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह आजै साँझ ५ बजे स्वदेश (काठमाडौं) फर्कनेछन्। प्रधानमन्त्री पद सम्हालेपछिको शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो।



तपाईको प्रतिक्रिया दिनुहोस