अस्ट्रेलियन डलरको भाउ घट्यो
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ स्थिर रहँदै एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ । आइतबार यसको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा थियो ।
अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३२ पैसा तोकिएको छ । आइतबार यसको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा थियो ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ १८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६० पैसा र कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा कायम भएको छ ।
यसैगरी थाई भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९९ पैसा र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४ रुपैयाँ ५३ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७१ पैसा र बिक्रीदर २१ रुपैयाँ ८० पैसा तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ४८० रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ९० पैसा तथा ओमानी रियाल एकको खरिददर ३८४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस