Techie IT
२०८२ असोज ५, आइतबार

प्रधानमन्त्री ओली संसद् छलेर मनोरञ्जनमा, देउवा घरमै, प्रचण्ड कार्यक्रममा व्यस्त


काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली संसद् छलेर खेल हेर्न जाने भएका छन् । आज (आइतबार) संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आह्वान गरिएको छ । 

प्रधानमन्त्री ओली संसद् बैठकमा उपस्थित नभई आफ्नो जन्मदिन मनाउन फुटबल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाने भएका हुन् । उनी स्वयंले बिहानै सामाजिक सञ्जालमार्फत आफ्नो जन्मदिन मनाउन एन्फा कम्प्लेक्समा आयोजना गरिएको केपी ओली फुटबल कम हेर्न जाने बताएका छन् । 

प्रतिनिधिसभामा भने प्रधानमन्त्री स्वयंले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन, २०७९/०८० सभामा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । तर, प्रधानमन्त्री नै संसद् बैठकमा उपस्थित नहुने भएपछि उक्त प्रतिवेदन कुनै एक मन्त्रीले पेस गर्नेछन् । यद्यपि यसबारेमा हालसम्म संसद् सचिवालयले आधिकारीक जानकारी गराएको छैन । 

त्यस्तै प्रमुख सत्तारूढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि संसद्‌मा उपस्थित हुने छैनन् । उनी पार्टीका केही कार्यक्रममा सहभागी हुनसक्ने उनको सचिवालयले जनाएको छ । यदि कार्यक्रममा सहभागी नभए देउवा घरमै आराम गरेर बस्नेछन् । 

त्यसैगरी प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा आयोजना गरिएका पार्टीका विभिन्न कार्यक्रममा व्यस्त छन् । गत आसारमा सत्ताबाट बाहिरिएसँगै उनी देश दौडाहामा छन् । 

प्रचण्ड केही दिनअघि मात्रै काठमाडौं आइपुगेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । यसर्थ उनी पनि संसद् बैठकमा उपस्थित नहुने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए । 

प्रधानमन्त्री र दलका प्रमुख नेताहरू नै संसद् छलेर मनोरञ्जन, आराम वा कार्यक्रममा व्यस्त हुनुले संसद्को गरिमामा प्रश्न उठ्ने गरेको छ । संसद्‌मा दर्जनौँ अध्यादेश विचाराधीन छन् भने भूमिसम्बन्धी अध्यादेश विवादमा परेको छ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट