पूर्वराजालाई चुनाव लडेर संसद्मा आउन सांसदको चुनौती

काठमाडौं । कांग्रेस सांसद ईश्वरी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने मन भए चुनावमा लडेर आउन चुनौती दिएकी छन् ।
आइतबार जारी प्रतिनिधिसभाको बैठकमा आकस्मिक शून्य समयमा बोल्दै उनले चुनाव लडेर संसद्मा आउन चुनौती दिएकी हुन् ।
उनले भनिन्, ‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस् ।’
पूर्वराजाका समर्थकलाई पनि यहीँ बाटो अवलम्बन गर्न उनले सुझाव दिइन् ।
तपाईको प्रतिक्रिया दिनुहोस