Techie IT
२०८२ असोज ४, शनिबार

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति माओवादी नेत्री रेखा शर्माको आपत्ति


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)की नेत्री रेखा शर्माले आपत्ति जनाएकी छन् । 

आज (मंगलबार) बसेको संसद् अधिवेशनको विशेष शून्य समयमा बोल्दै शर्माले आपत्ति जनाएकी हुन् । 

दाङ–२ बाट निर्वाचित माओवादी केन्द्रकी प्रतिनिधिसभा सांसद रेखा शर्माले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएकी छन् । 

यहीँ फागुन ५ गते दाङ पुगेका प्रधानमन्त्री ओलीले सांसद शर्मालाई लक्षित गर्दै एमाले महासचिव शंकर पोखरेलाई हराएर ‘आधा न सादा’का मान्छेलाई जिताएर गल्ती गर्नुभो भन्ने अभिव्यक्ति दिएका थिए । 

उक्त अभिव्यक्तिलाई लिएर सांसद शर्माले संसद्मा आपत्ति जनाएकी हुन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट