Techie IT
२०८२ असोज ४, शनिबार

माओवादी अभियानले दक्षिण नेपालको समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्नेछ : प्रचण्ड


सुनसरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले अघि बढाएको ‘जनतासँग माओवादी–तराई मधेस जागरण अभियान’ले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन् । 

‘जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान’अन्तर्गत आज (बिहीबार) सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन् । 

राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौँदेखि गरिरहेकाले विभेदविरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालेको प्रचण्डले बताए । 

जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव भेटेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधार विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि अभियान फलदायी हुने उनले विश्वास व्यक्त गरे । 

माओवादीले उत्पीडित वर्गको पक्षमा गरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै बदलिएको दाबी गरे । 

अहिलेको सरकारले भ्रष्ट, दलाल र विचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरु कुनै काम नगरेकाले जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अघि बढेको उनले स्पष्ट पारे । 

आफूले सरकारको नेतृत्व गर्दा धेरै मेहनत गरेर रासायनिक मलको आपूर्ति सगज गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले फेरि समस्या देखिन थालेको बताए । 

आफूले धेरै नै मेहनत गरेर विद्यालय शिक्षा विधेयक संसदमा पुर्याइएको उल्लेख गर्दै यसलाई पारित गरेर शैक्षिक क्षेत्र सुधारमा पूरै जोड दिनुपर्ने बताए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट