Techie IT
२०८२ असोज ४, शनिबार

नेमकिपाको राष्ट्रिय महाधिवेशन : फागुन १६–१९ सम्म भक्तपुरमा हुने


काठमाडौं । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन फागुन १६–१९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुने भएको छ । 

महाधिवेशन सुरु हुनुअघि शुक्रबार बिहान १० बजे नेमकिपाले भक्तपुरदेखि काठमाडौंसम्म ¥याली निकाल्ने भएको छ । सो ¥यालीपछि भक्तपुरको सल्लाघारीको खुला चौरमा आमसभा गर्ने भएको छ । आमसभालाई पार्टी अध्यक्ष बिजुक्छेसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । 

चार दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेताहरूको भनाइ छ । पार्टी अध्यक्ष बिजुक्छेले अब आफू नेतृत्वमा बस्न नचाहेकाले दोस्रो पुस्तालाई पार्टी चलाउन सल्लाह दिएका छन् । 

तर, नेमकिपा चलाउन सक्ने बिजुक्छेको उत्तराधिकारी अहिलेसम्म भेटिएको छैन । नेमकिपामा सुनिल प्रजापति र प्रेम सुवालबाहेक नाम सुनिएका अन्य नेता कोही पनि छैनन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट