यी हुन् प्रतिनिधिसभाले फिर्ता पठाएका र राष्ट्रिय सभाले पारित गरेको विधेयक (विधेयकसहित)

काठमाडौं । प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
सभाको आइतबार बसेको बैठकमा यसअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसैगरी, प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि सहमति गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।
यस्तै प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘विधायनसम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस