पूर्णबहादुर नेपाली नेपालका लागि श्रीलंकाको राजदूतमा नियुक्त

काठमाडौं । पूर्णबहादुर नेपाली नेपालका लागि श्रीलंकाका राजदूत नियुक्त भएका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) राजदूत नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद्ले गत मंसिर ६ गते राजदूतका लागि नेपालीलाई सिफारिस गरेको थियो ।
उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस