Techie IT
२०८२ असोज ३, शुक्रबार

सरकार टिक्नु नै माओवादीका लागि फाइदा : प्रचण्ड


नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार टिक्नु नै माओवादीलाई फाइदा पुग्ने बताएका छन् । 

मंगलबार बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकार टिक्नु नै माओवादीका लागि फाइदा हुने बताएका हुन् । 

‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘सरकारले अहिलेसम्म जे–जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन् । त्यसैले यो सरकार जटि टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ ।’

तथाकथित दुईतिहाइको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको बताए । ‘केही अध्यादेश त पास नहुने दिशामा छन् । बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन,’ उनले भने । 

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानले पार्टीको जनतासँगको सम्बन्ध थप जीवन्त बनाउँदै लिएको अध्यक्ष प्रचण्डले बताए । यसले राष्ट्रिय एकतालाई मजबुत बनाउन पनि ठूलो योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट