ग्यासको भाउ बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता (मूल्यसहित)

काठमाडौं । सरकार र एलपी ग्यास उद्योगीबीच सहमति भएको छ । आज (मंगलबार) दुवै पक्षबीच पाँच बुँदे सहमति भएको हो ।
सहमति भएसँगै ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन् । ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ बढाउने सहमति भएको छ ।
प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाइएको छ । अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ भने उद्योगीले आन्दोलन फिर्ता लिने सहमति गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस