Techie IT
२०८३ असोज ६, मंगलबार

नेपाल–बङ्गलादेश बीच विद्युत् व्यापार सम्झौतामा गम्भिर छलफल


नेपाल र बङ्गलादेश बीचको विद्युत् व्यापार सम्झौता पछिल्ला दिनमा सघन छलफलमा छ। यसअघि बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण यस विषयमा भएको प्रगति रोकिएको थियो। तर, हालै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीबीच भेटवार्तामा विद्युत् व्यापारका महत्वपूर्ण विषयमा छलफल भएको छ।

नेपालका राजदूत घनश्याम भण्डारीले बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुससँग पनि भेटघाट गर्दै ४० मेगावाट विद्युत् खरिदसम्बन्धी छलफल गरेका छन्। यसअघि दुई देशका ऊर्जा सचिव स्तरीय बैठकमा सम्झौताका लागि तयारी भए पनि बङ्गलादेशको राजनीतिक अस्थिरताका कारण सम्झौता सम्पन्न हुन सकेको थिएन।

नेपालले पहिलो चरणमा ४० मेगावाट बिजुली बङ्गलादेश लाई निर्यात गर्ने सहमति जनाएको छ। बङ्गलादेशले भारतीय भूमिबाट नेपालबाट आयात गरिएको बिजुली प्राप्त गर्नेछ।

ऊर्जा मन्त्री खड्काले नेपाल र बङ्गलादेश बीचको विद्युत् व्यापारको ढोका खोल्नको लागि त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षरको महत्त्वलाई उल्लेख गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट