बालेनको जन्मघरमा प्रचण्ड, भने– सबै मिलेर देश बनाऔँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरी पुगेका छन् ।
उनी माओवादीसँग जनता– ‘तराई–मधेस जागरण अभियान’को क्रममा महोत्तरी पुगेका हुन् ।
महोत्तरीमा रहेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को जन्मघरमा पुगेर उनले सबै मिलेर देश बनाउनुपर्ने बताए ।
प्रचण्डले भने, ‘बालेन साहको पुख्र्यौली, उहाँको बा लगायत काकाहरूको घरमा, हामी आइपुगेका छौँ । यो पनि एउटा रमाइलो महसुस भाछ । बालेनजीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’
बालेनको जन्मघरमा हाल गाउँपालिकाको कार्यालय छ ।
त्यहाँ पुगेका प्रचण्डको भव्य स्वागत भएको थियो । अभियानको क्रममा प्रचण्डसहित अभियानको टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस