Techie IT
२०८३ श्रावण ११, सोमबार

सदनमा थन्किएको शिक्षा विधेयक पारित हुन नसक्नु दुर्भाग्य: नेता महर


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महर

सत्ता साझेदार दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सदनमा थन्किएको शिक्षा विधेयक पारित हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्। मंगलबार बानेश्वरमा राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरोकारवालाहरू बीच आयोजित छलफलमा उनले संविधान र ऐनले व्यवस्था गरेको अनिवार्य र निःशुल्क शिक्षा नीति कार्यान्वयन गर्न सरकारसँग माग गरे।

नेता महरले संविधानको धारा ३१ अनुसार प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने उल्लेख गर्दै यसलाई कार्यान्वयन गर्न सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने बताए। उनले अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई निःशुल्क उच्च शिक्षा प्राप्त गर्ने हकको सुनिश्चितता संविधानमा ग्यारेन्टी गरिएको बताउँदै दृष्टिविहीन नागरिकका लागि ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी सांकेतिक भाषाको माध्यमबाट निःशुल्क शिक्षा पाउनुपर्ने हक पनि सुनिश्चित गर्न सरकारसँग माग गरे।

शिक्षा विभाग प्रमुखसमेत रहेका महरले यो विधेयक पारित गरी संविधानमा भएको प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई दबाब दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट