फागु पूर्णिमा : काठमाडौं उपत्यकाका ९० स्थानमा ट्राफिक चेकजाँच, ड्रोनबाट प्रत्यक्ष निगरानी
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा ९० स्थानमा ट्राफिक चेकजाँच भइरहेको छ ।
फागु (होली) मनाउन सुरु भएसँगै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानैदेखि फागु पर्वलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
फागु पर्व मनाउने नाममा उच्छृंखल गतिविधि गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा प्रहरीले सवारी रोकेर चालकले मादक पदार्थ सेवन गरे नगरेको भनी जाँच गरिरहेको छ ।
फागुलाई व्यवस्थित बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका ९० बढी स्थानमा चेकजाँच गर्न टोली खटाएको प्रहरीको जनाएको छ भने फागु खेल्ने साथै सार्वजिनक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस