Techie IT
२०८२ असार १, आइतबार

माओवादी तराई–मधेस जागरण अभियान ७ गतेबाट सुरु हुने


काठमाडौं । केही हप्ता पहिले रोकिएको नेकपा (माओवादी केन्द्र)को अभियान पुनः सुरु हुने भएको छ । 

राजावादी र उनका समर्थकहरूको गतिविधि बढेपछि रोकिएको जनतासँग माओवादी अभियानअन्तर्गत तराई–मधेस जागरण अभियान सुरु हुने माओवादीले जनाएको छ । 

रोकिएको अभियान ७ गते बाराबाट सुरु हुने माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । उनका अनुसार ७ गते बारा, ८ गते पर्सा र ९ गते चितवनमा अभियान सकेर नेताहरू काठमाडौं फर्किनेछन् । 

काठमाडौंमा राजावादीहरूलाई काउन्टर दिन समाजवादी मोर्चाको तर्फबाट काठमाडौंमा चैत १५ गते विरोध सभा गर्दैछ ।

माओवादीले फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको थियो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट