Techie IT
२०८२ असार १, आइतबार

सत्ता उलटफेर संकेत : प्रचण्डसँग छलफल गर्नुभन्दा पहिले कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा


काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस पदाधिकारी बैठक जारी छ । 

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टी केन्द्रीय पदाधिकारी बैठक बसेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक गतिविधि, सदनमा पार्टीका सांसदहरूको प्रभावकारी प्रस्तुतिका विषयमा छलफल हुने प्रवक्ता महतले बताए ।

पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियता र त्यसबारे पार्टीको आगामी रणनीतिबारे पनि छलफल हुनेछ । 

यसका साथै आजै (मंगलबार) बेलुका प्रधानमन्त्री एवं सत्तासाझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, सभापति देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ । 

उनीहरूबीच सत्य निरुपन तथा मेलमिलाप आयोगबारे छलफल हुने बताइएको छ । यसका साथै राजावादीहरूको सक्रियता बढेसँगै तीन शीर्ष दलहरूबीच राष्ट्रिय सहमतिको सरकार बन्ने चर्चा चुलिएको छ । 

तर, सत्तारूढ एमाले र प्रतिपक्षी माओवादीले यसबारे खण्डन गर्दै तत्काल राष्ट्रिय सहमतिको सरकार गठनको सम्भावना नरहेको बताएका छन् भने कांग्रेस पदाधिकारी बैठक जारी छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट