दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । भोलि (बुधबार) उनले पत्रकार सम्मेलनको आयोजना गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।
यहीँ चैत १५ गते काठमाडौंमा हुने प्रदर्शनका लागि उक्त सम्मेलनको आयोजना गर्ने प्रसाईंले बताएका छन् ।
उनले लेखेका छन्, ‘एक्लाएक्लै छुट्टाछुट्टै कुरा गरेर सबैलाई बुझाउन सकिँदैन । भोलि चैत्र ६ गते बिहान ११ बजे पत्रकार साथीहरूका बिचमा सबैलाई एकमुष्ठ जवाफ दिनेछु ।’
गत फागुन २५ गते एक महिने पोखरा भ्रमण सकेर काठमाडौं फर्किएका थिए । सोही क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको क्रममा काठमाडौंमा प्रसाईंले आयोजना गरेको प्रदर्शनमा अनपेक्षित जनताको साथ पाएपछि हौसिएर पुनः १५ गते प्रदर्शन गर्दैछन् ।
तपाईको प्रतिक्रिया दिनुहोस