Techie IT
२०८२ जेष्ठ ३०, शुक्रबार

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट नहटाए संसद् बैठक बहिष्कार गर्ने सांसदको चेतावनी


काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ । 

बिहीबार बिहान ११ बजेदेखि सुरु भएको उक्त सभाको बैठकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले संसद्को सम्भावित कार्यसूचीप्रति आपत्ति जनाएका छन् । 

उनले प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीमा राखेको भन्दै आपत्ति जनाएका हुन् । 

शाहले प्रधानमन्त्री ओलीले सांसदले दिएको जवाफ दिन नमान्ने भन्दै सो कार्यक्रम कार्यसूचीबाट हटाउन समेत आग्रह गरेका छन् । उनले भने, ‘संसद्मा सांसदले सोधेका प्रश्नको उत्तर दिन प्रधानमन्त्रीले मान्नुहुँदैन । त्यसैले यो कार्यक्रम कार्यसूचीबाट हटाइयोस् ।’

यसका साथै उनले यदि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाए बैठक नै बहिष्कार गर्ने चेतावनी दिएका छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट