Techie IT
२०८२ जेष्ठ ३०, शुक्रबार

सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली (कार्यसूचीसहित)


काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ । जारी बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम माननीय सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिनेछन् ।

त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यसलगत्तै उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने बैठकको सम्भावित कार्यसूचीमा रहेको संघीय संसद्को सचिवालयले जनाएको छ । त्यसपछि विधेयकमाथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यसका साथै मन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट