Techie IT
२०८२ जेष्ठ २९, बिहीबार

सांसदले बहिष्कार गरे प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम एक सांसदले बहिष्कार गरेका छन् । 

जारी संसद् बैठकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले उक्त कार्यक्रम बहिष्कार गरेका हुन् । 

यसअघिकै आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएको भन्दै सांसद साहले यसको औचित्य भएको जिकिर गरे । 

कार्यक्रम सुरु हुनुभन्दा पहिले बैठकको विषेध समयमा बोल्दै उनले कार्यसूचीबाटै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाउन आग्रह गरेका थिए । 

उनले यदि सो कार्यक्रम नहटाए बहिष्कार गर्ने चेतावनी दिएका थिए । तर, आफ्नो माग सम्बोधन नभएको भन्दै साहले बैठक बहिष्कार गरेका छन् भने बैठक कक्षबाट बाहिरिएका छन् ।  

अहिले संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जारी छ । 

गत फागुन ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा साहले सोेधेका प्रश्नको उत्तर दिएका थिएनन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट