परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता, भनिन्– ‘भारत ओली सरकार परिवर्तन गर्ने पक्षमा छैन’

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा स्वदेश फर्किएकी छन् ।
झन्डै १२ दिने लामो भारत भ्रमण सकेर अपरान्ह उनी स्वदेश फर्किएकी हुन् ।
त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेको जनाइन भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नै नमागेकाले भेट हुन नसकेको प्रस्टीकरण दिएकी छन् ।
उनले भारतले प्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले लगायतका दलहरूको गठबन्धन सरकार परिवर्तन गर्न खोजेको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताइन् ।
‘भारतको त्यस्तो (सरकार परिवर्तन) गराउने भन्ने कुनै आशाय छैन, यही डेम्रोक्याटिक सिस्टमलाई अगाडी जानुपर्छ भन्ने नै छ,’ मन्त्री राणाले भनिन् ।
तपाईको प्रतिक्रिया दिनुहोस