पूर्वराजा ज्ञानेन्द्र शाहले भने– ‘दलहरूद्वारा अशान्त देशमा शान्ति चाहिएको छ’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान दलहरूले अशान्त बनाएको देशमा शान्ति चाहिएको बाताएका छन् ।
आज (शनिबार) गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरे पश्चात् सञ्चारकर्मीसँग कुराकानी देशमा शान्ति चाहिएको बताएका हुन् ।
देशमा शान्ति चाहिएले कोहीकसैले कुभलो चिताउन नहुने बताए । ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस्,’ पूर्वराजाले भने, मेरो कामना छ । दलहरूले अशान्त बनाएको देशमा शान्ति चाहिएको छ ।’
उनले आफू गोरखा आउन पाएकोमा खुसी लागेका सुनाए । उनी आज गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पूजाआजा गर्न पुगेका थिए ।
गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको छ । गोरखनाथको आशिर्वादले तत्कालीन राजाहरूले युद्ध जितेको बताइन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस