प्रमुख तीन दलको बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान गरेको तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको हो ।
बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको हो ।
संक्रमणकालिन न्यायसबन्धी प्रक्रिया अघि नबढीरहेको बेलामा यो बैठक आह्वान गरिएको हो ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठकमा छलफल हुँदैछ ।
तपाईको प्रतिक्रिया दिनुहोस