माओवादी अभियान पुनः स्थगित, नेताहरू काठमाडौं फर्किँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अभियान पुनः स्थगित भएको छ ।
हुलाकी राजमार्ग केन्द्रित माओवादीसँग जनता : तराई–मधेस जागरण अभियान चितवन पुगेर स्थगित भएको हो ।
गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरु भएको उक्त अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो ।
सो अभियान फेरि गत बिहीबारदेखि बाराबाटै सुरु भएको थियो ।
माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौं विरोध सभा गर्दैछ ।
त्यसको तयारीका लागि अभियान केही दिनका लागि स्थगित गरिएको माओवादीले बताएको छ । त्यसपछि उसले अभियानलाई निरन्तरता दिनेछ ।
अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भएको छ ।
अब गण्डक क्षेत्र हुँदै सुदूरपश्चिमसम्म अभियानअन्तर्गका कार्यक्रम हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस