Techie IT
२०८२ असोज १, बुधबार

प्रधानमन्त्री ओलीद्वारा जलवायु क्षतिपूर्तिको माग


प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकहरूले उत्सर्जन नगर्ने मुलुकहरूलाई क्षतिपूर्ति दिनुपर्ने नेपालको स्पष्ट माग रहेको बताएका छन्। 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले शनिबार जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै यो धारणा व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले नेपालले जलवायु परिवर्तनको असर रोक्न शून्य कार्बन उत्सर्जनमा योगदान दिएको उल्लेख गर्दै, विकसित मुलुकहरूको कार्बन उत्सर्जनका कारण नेपालका हिमाल, विशेषगरी सगरमाथा, पग्लन थालेको कुरा उठाए। उनले यो असर झेलिरहेका समुदायलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले पेरिस सम्झौताअनुसार विश्वका विकसित मुलुकहरूले जलवायु अनुकूलन र भविष्यको लागि आर्थिक लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, "हाम्रो भविष्य सुन्दर छ, किनकि हामीले भविष्यका लागि लगानी गर्दैछौँ।"

उनको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, र अन्य उच्चस्तरीय अधिकारीहरू सहभागी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट