Techie IT
२०८३ श्रावण १२, मंगलबार

नेपालको अर्थतन्त्र सुधार हुँदै छ ; आइएमएफ उपनिर्देशक


अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को एसिया प्रशान्त क्षेत्रकी उपनिर्देशक रुपा दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको धारणा व्यक्त गरेकी छन्। आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको शिष्टाचार भेटमा उनले नेपालको लगानी सहजीकरणका लागि कानुन परिमार्जन भइरहेको र राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएकाले आफू उत्साहित रहेको बताइन्।

अर्थमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटअनुसार, नेपालले अर्थतन्त्र सुधारका लागि विभिन्न सुझावहरूको कार्यान्वयन गर्दै आएको र यसले सकारात्मक परिणाम देखिन थालेको उनले औँल्याइन्। सो अवसरमा उपप्रधानमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकार योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी गराएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट