Techie IT
२०८२ असोज १, बुधबार

रास्वपा द्वारा कार्यकर्ताहरूलाई तत्काल केन्द्रिय कार्यालयमा उपस्थित हुन सर्कुलर


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्काल उपस्थित हुन सर्कुलर जारी गरेको छ। मोबाइल सन्देशमार्फत पार्टी कार्यालयमा तुरुन्तै आउन आग्रह गरिएको जानकारी एक कार्यकर्ताले दिएका छन्। सर्कुलरसँगै पार्टी मुख्यालयमा भिडभाड बढ्न थालेको छ।

यसअघि, ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम भित्र्याएको आरोपमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित अन्यलाई कारबाहीको सिफारिस गरेको छ। गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको प्रतिवेदन छानबिन समितिले प्रस्तुत गरेको छ।

आजै सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौँबाट पक्राउ गरेको छ। जोशी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन्, जसका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई, लामिछाने, र जोशी व्यापारिक साझेदार हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट