Techie IT
२०८२ असोज १, बुधबार

मुस्ताङको कोरलानाकामा पहिलो पटक फोरजी सेवा विस्तार


उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको लोमान्थाङस्थित कोरलानाकामा पहिलो पटक मोबाइल फोरजी सेवा विस्तार गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङ र उपल्लो मुस्ताङका दुई गाउँपालिकाको पहलमा सोमबार साँझदेखि फोरजी सेवा सञ्चालनमा आएको हो।

नेपाल सरकारले कोरलानाकामा अध्यागमन कार्यालय तथा अस्थायी सुरक्षा पोस्ट स्थापना गर्ने तयारी गरिरहेको अवस्थामा, नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको हो।

लोमान्थाङ–५ को रेडियो लिंक टावरलाई स्तरवृद्धि गरी, कोरलानाकामा नयाँ रेडियो लिंक टावर जडान गरिएको छ। यससँगै मोबाइल नेटवर्कको पहुँच विस्तार भई, नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीका लागि सूचना आदान–प्रदान र सरकारी कार्यसम्पादन सहज भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जनकराज पन्तले जानकारी दिए।

कोरलानाकामा मोबाइल र इन्टरनेट सेवाको पहुँचले स्थानीय सञ्चार सुविधामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट