Techie IT
२०८२ मंसिर १, सोमबार

अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गर्छु - प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको बिहान राष्ट्रिय महिला भलिबल टोलीसँग दुई घण्टा बिताएका छन् । यो भेटमा भलिबलले हासिल गरेका उपलब्धि, पूर्वाधार विकास, र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री निवासमा भएको यो भेटले खेलाडी, प्रशिक्षक, र नेतृत्वकर्ताहरू उत्साहित थिए । छलफलमा मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, र खेलाडी सरस्वती चौधरी लगायत सम्पुर्ण खेलाडूहरु सहभागी थिए। 

भलिबल खेलको विकासका लागि प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गरे। ‘सरकारको ढुकुटीमा धेरै रकम छैन, तर हामी गर्नैपर्ने काम गर्नेछौँ। आगामी खेलमा जित्छौँ, जुन तपाईंहरुको मनोबल छ, त्यो साकार होस्’, उनले भने, ‘हामीले खेल खेल्ने जित्नकै लागि हो, त्यसकारण जित्छु भन्ने आशा बोकेर लाग्नुस्। सफलता पक्कै मिल्नेछ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट