Techie IT
२०८३ श्रावण ११, सोमबार

अखिल क्रान्तिकारी अध्यक्षमा पवन कार्कीको उम्मेदवारी घोषणा


अखिल क्रान्तिकारीको २३ औं सम्मेलन असोज १० गते देखि १४ गते सम्म काठमाण्डौंमा हुँदै छ ।  सम्मेलन नजिकिदैं जाँदा अध्यक्षका प्रत्यासीहरुले आ-आफ्नो दावी पेश गरिरहेका छन् । 

संगठनका उपाध्यक्षहरूले अध्यक्षका लागि चुनाव सम्मै जाने गरि तलबाटै तयारी थालेका छन् । आज एक अपिल जारी गर्दै उपाध्यक्ष पवन कार्कीले अध्यक्षमा आफ्नो दाबी गर्दै सबै प्रतिनिधिहरूलाई सहयोगका लागि अनुरोध गरेका छन् । यस अघि  अखिल क्रान्तिकारीका उपाध्यक्ष डा. अच्युत भट्ट, नरेश रेग्मी, केशव रावलले पनि अध्यक्षका लागि दावि गर्ने घोषणा गरेका थिए ।  

कार्कीले अपिलमा भनेका छन् कि उनको उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरुको हैन, उत्तरहरुको आन्दोलन बनाउन, क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई हस्ताक्षेपकारी बनाउनका लागि हो। 

उम्मेदवारी संविधानमा स्थापित्य गरिएका शिक्षा , स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्दै राजनीतिक एकध्रुवमा स्थापित्यको विद्यार्थी आन्दोलनलाई विद्यार्थीका मुद्दामा फर्काउन र विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निमित्त हो भन्दै कार्कीले अपिल जारी गरेका छन् ।  

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट