Techie IT
२०८२ भाद्र ४, बुधबार

नेपाल एयरलाइन्सले भैरहवाका लागि चार्टर्ड उडानको अनुमति माग्यो

नेपाल एयरलाइन्सले न्यारोबडी जहाजमार्फत भैरहवामा उडान गर्न अनुमति मागेको छ।


नेपाल एयरलाइन्सले न्यारोबडी जहाजमार्फत भैरहवामा उडान गर्न अनुमति मागेको छ। एयरलाइन्सले फूलपातीको दिन काठमाडौँबाट भैरहवाका लागि चार्टर्ड उडानको अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुरोध गरेको हो।

प्राधिकरणका सूचना अधिकारीका अनुसार, नेपाल एयरलाइन्सले अनुमतिका लागि पत्र पठाएको छ र यो प्रक्रिया स्वीकृतिको चरणमा रहेको छ। उनले भने, “उहाँहरूले अक्टोबर १० (फूलपातीको दिन)का लागि चार्टर्ड उडानको अनुमति माग्नुभएको छ, जुन स्वीकृतिमा छ।”

न्यारोबडी जहाजले एकपटकमा १६० यात्रु बोक्न सक्छ र यो क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। हालका नियमित उडानका लागि जहाजको क्षमता भने ७२ सिटको हुन्छ। सडक अवरुद्ध हुँदा यात्रुको चाप बढ्न थालेपछि विकल्पको रूपमा यो पहल गरिएको क्यानले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट