अर्थ मन्त्रालयले राहत र पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन सुरु गरेको छ
अर्थ मन्त्रालयले बाढी र पहिरोले अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ।

अर्थ मन्त्रालयले बाढी र पहिरोले अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असोजको दोस्रो हप्तामा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको र उद्धार, राहत र पुनर्निर्माणका लागि थप स्रोत आवश्यक पर्ने बताउँदै बैठकमा निर्देशन दिएका छन्।
पौडेलले भने, "अर्थतन्त्र सुधार भइरहेको बेला बाढी र पहिरोले मानवीय र भौतिक क्षति गरे पनि राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार गर्न आवश्यक छ।"
बाढी पहिरो जानु अघि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एसियाली विकास बैंकले नेपालको अर्थतन्त्र सुधारतर्फ गइरहेको बताएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस